सबैको घरघरमा लमही खानेपानीको धारा पुग्नेछ- अध्यक्ष पदका उम्मेदवार पाण्डे

दाङ समाचार
दाङ समाचार २४ पुष २०८१, बुधबार
3 Min Read
Aa

दाङ – लमही खानेपानी उपभोक्ता तथा सरसफाई संस्था लमहीको चुनावी माहोल तात्तिएको छ । निर्वाचनमा होमिएका उम्मेदवारहरु विहानैदेखि प्रचारप्रसारमा व्यस्त देखिएका छ्न ।

खानेपानीको उपभोक्तालाई भेट्ने, मत माग्ने, आफ्ना प्रतिबद्धता सुनाउने, खानेपानीका समस्या समाधान गर्ने तर्फ आफ्नो योजना रहेको भन्दै मतदातासंग भेटघाट भैरहेको छ ।

संयुक्त लोकतान्त्रिक प्यानलबाट अध्यक्ष पदका उम्मेदवार बन्नु भएका विनोद कुमार पाण्डेले स्वच्छ सफा खानेपानी पिउन पाउनु नागरिकको नैसर्गिक अधिकार भएको बताउदै एक घर एक धारा भन्ने राज्यको नितिलाई लमही खानेपानीले अनुशरण गरिने वचन दिनु भएको छ ।

अहिले जुन जुन स्थानमा लमही खानेपानीको सेवा बिस्तार भएको छ मैले निर्वाचन जितेपछि समग्र नगरपालिका भित्र स्थानीय सरकारसंग समन्वय गरेर सेवा बिस्तार गरिने बताउनु भएको छ ।

अघिल्लो कार्यसमितिले थालेका सकारात्मक योजनाका कामहरुलाई निरंतरता दिनु पर्छ, आम उपभोक्ताको मन जित्नेगरी म र मेरो टिमले काम गर्नेछ यो कुरा लमही खानेपानीका सबै उपभोक्तालाई विश्वास दिलाउन चाहान्छु”- अध्यक्ष पदका उम्मेदवार पाण्डेले भन्नू भयो ।

नेपाली काङ्ग्रेसले संयुक्त लोकतान्त्रिक प्यानल खडा गरि देउखुरी उद्योग वाणिज्य संघमा वाणिज्य उपाध्यक्षको जिम्मेवारी कुशलता पुर्वक सम्पन्न गरेका विनोद कुमार पाण्डेलाई अध्यक्ष पदका लागि उम्मेदवार बनाएको छ । त्यस्तै उपाध्यक्ष पदमा शिवा चौधरीलाई उम्मेदवार बनाएको छ, उहाँ यस अघि खानेपानीको सदस्य हुनुहुन्थ्यो । त्यस्तै सचिवमा वसन्त आचार्यको उम्मेदवारी रहेको छ । उहाँ अघिल्लो कार्यकालमा पनि सचिव हुनुहुन्थ्यो । कोषाध्यक्षमा हल्लु प्रसाद चौधरी, महिला सदस्यमा बबिता खत्री र चिन्तादेवी चौधरी, खुल्ला सदस्यमा देविराम भण्डारी, गोपाल प्रसाद खनाल र छन्द सिंह बस्नेत उम्मेदवार बन्नु भएको छ ।

त्यसैगरी नेकपा एमालेले प्रगतिशील प्यानल खडा गरि अध्यक्ष पदमा सनम कुमार पौडेललाई उम्मेदवार बनाएको छ । पौडेल एक कार्यकाल खानेपानीको सचिव भैसक्नु भएको छ र पछिल्लो पटक अध्यक्ष पदमा चुनाव लड्नु भएका पौडेल वर्तमान अध्यक्ष जंग बहादुर चौधरीसंग पराजित हुनु भएको थियो । त्यसैगरि नेकपा एमालेले उपाध्यक्षमा लक्ष्मी खड्का, सचिवमा सुधिर कुमार रेग्मी, कोषाध्यक्षमा दिनेश आचार्य, महिला सदस्यमा कौशिला काफ्ले र सीतादेवि शाही, खुल्ला सदस्यमा दीनमणी खनाल, कमल नारायण चौधरी र विद्यादेवि थापालाई उम्मेदवार बनाएको छ ।

त्यसैगरी नेकपा माओवादी केन्द्र, रास्वपा, स्वतन्त्र नागरिक लगायतका दल मिलेर स्वतन्त्र प्यानल खडा गरि श्याम खनाललाई अध्यक्ष पदको लागि अघि सारेका छन । उपाध्यक्षमा हुमा कुमारी पाण्डे ‘सपना’, सचिवमा ऋषिराज रावत क्षेत्री उम्मेदवार बन्नु भएको छ । रावत पुर्व अध्यक्ष दण्डीराम चौधरी अध्यक्ष भएको समतमा कार्यसमिती सदस्य हुनुहुन्थ्यो । कोषाध्यक्ष श्यामलाल भण्डारी, महिला सदस्यमा अमृता चौधरी र भागवती चौधरी, खुल्ला सदस्यमा शुरेस कुमार गुप्ता जैसवाल, सुनिल चौधरी र मदन सिंह ओली लगायतका उम्मेदवार बन्नु भएको छ ।

लमही खानेपानी लमही नगरपालिकाको २,३,४,५,६ र ७ नम्बर वडाका केही स्थानमा बिस्तार भएको छ । यो संस्थामा हालसम्म ४ हजार ९ सय ९८ मतदाता रहेका छन ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्