दाङ – कास्की जिल्ला अदालतले ६५ लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने तत्कालै छुटिहाल्ने सम्भावना भने छैन । सूर्यदर्शन सहकारी प्रकरणमा ६५ लाख रुपैयाँ धरौटीमा लामिछानेलाई छाड्ने आदेश अदालतले दिए पनि उनीबिरुद्ध काठमाडौँ, चितवन, रुपन्देही र पर्सामा समेत पक्राउ पुर्जी जारी भएकाले उनलाई कास्की प्रहरीले अन्य जिल्ला लानेछ ।
‘उनलाई अब काठमाडौँ लगिन्छ होला,’ प्रहरीको एक स्रोतले भन्यो । कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको एकल इजलासले लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको थियो । काठमाडौँ प्रहरीले कास्की अदालत र प्रहरीलाई लामिछानेलाई काठमाडौँ पठाउन पत्र लेखेको सुरक्षा स्रोतले बताएको छ ।
स्वर्णलक्ष्मी सहकारी प्रकरणमा काठमाडौँ जिल्ला अदालतमा लामिछानेबिरुद्धको मुद्दा दर्ता भइसकेको छ । कास्की अदालत स्रोतका अनुसार लामिछानेले बिहीबार साँझसम्म ६५ लाख रुपैयाँ धरौटी बुझाएका छैनन ।

प्रतिक्रिया दिनुहोस्