दाङ – सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ सङ्घीय संसद्समक्ष पेस हुने भएको छ।नेपालमा केही वर्षयता सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्नुपर्ने आवाज उठिरहेका बेला सरकारले त्यस सम्बन्धमा छुट्टै कानुन बनाउने निर्णय गरेको हो।
सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले माघ ७ गतेको मन्त्रिपरिषद्को बैठकले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१ सङ्घीय संसद्समक्ष पेस गर्न स्वीकृति दिएको जानकारी दिए।
अघिल्लो संसदको कार्यकालमा सरकारले सामाजिक सञ्जाल नियमन गर्ने प्रावधान राखेर सूचना प्रविधि विधेयक संसदमा पुर्याएको थियो। त्यसका केही प्रावधान विवादित हुँदा विधेयक नै निष्क्रिय हुन पुगेको थियो।

प्रतिक्रिया दिनुहोस्