महाभारतको सामुदायिक वनमा भीषण आगलागी, आगो नियन्त्रणमा लिन सकस

दाङ समाचार
दाङ समाचार १० माघ २०८१, बिहीबार
1 Min Read
Aa

दाङ – काभ्रेको खानीखोला र बेथाचोक गाउँपालिकाको सिमाना थामलेख (महाभारत) मा रहेको सामुदायिक वनमा भीषण आगलागी भएको छ । हिजो (मंगलबार) दिउँसो २ बाट लागेको आगो तत्काल निभाउन सकिने अवस्था नरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।

प्रहरी चौकी फलामेटारका प्रहरी सहायक निरीक्षक राम सागर महतोको अनुसार सामुदायिक वनको भिरमा आगो लागेकोले तत्काल निभाउन सकिने अवस्था नरहेको हो ।

स्थानीयको सहयोगमा आगो निभाउने पहल भएपनि सम्भावना कम रहेको महतोले बताए । जंगलमा आगो लागेपनि बस्तीमा भने आइनपुगेको प्रहरी सहायक निरीक्षक महत्तोले जानकारी दिए । बेथानचोक १ बाट आगोको मुस्लो देखिएको स्थानीय गोपालकृष्ण सापकोटाले जानकारी दिए ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्