दाङ – तुलसीपुरको एक बैंकमा चोरी गर्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ । तुलसीपुर उपमहानगरपालिका- ५ ‘क’लाइनमा रहेको एनएमबी बैंकको शाखामा चोरी गरिरहेको अवस्थामा तुलसीपुर- १८ दुधरास का २७ वर्षका सन्तोष चौधरीलाई प्रहरीले पक्राउ गरेकाे हाे ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक विनोदराज खत्रीका अनुसार बैंकको च्यानल गेटको ताला तोडेरभित्र प्रवेश गरिसकेको अवस्थामा उनलाई पक्राउ गरिएको छ ।
उनको साथबाट हतौडा, छिना, प्लास, ह्याक्सा ब्लेडलगायतका चोरी गर्न प्रयोग भएका सामग्रीहरू बरामद गरिएको छ । साथै उनी सवार रा ५ प ९७९ नम्बरको स्कूटरसमेत प्रहरीले नियन्त्रणमा लिएको छ। उनलाई पक्राउ गरेर थप अनुसन्धान थालिएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्