दाङ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू बेला आएपछि मात्रै बोल्ने बताएका छन्। जिल्ला अदालत कास्कीले ६५ लाख रुपैयाँ धरौटीमा छाड्न गरेको थुनछेक आदेशको पुनरावेदन माग गर्न उच्च अदालत पोखरा पुगेका लामिछानेले अहिले आफू बोल्ने बेला नभएको बताए।
उच्च अदालतको परिसरमा पोखरेली सञ्चारकर्मीले प्रश्न सोध्न थालेपछि आफूले भन्नु केही नरहेको सुनाए। ‘मेरो भन्नुपर्ने केही पनि छैन। कानुन व्यवसायीले भन्नुहोला। मैले बोल्ने बेला आएपछि बोलिहाल्छु चिन्ता नगर्नुहोला। अहिले मेरो भन्ने केही पनि छैन’, ‘तपाईंहरु सबैलाई धेरै धेरै धन्यवाद। बेला आइहाल्छ नि बोल्ने। त्यतिखेर म नबोल भने पनि बोलुँला। अहिले मेरो बोल्ने बेला भा’को छैन।’
सञ्चारकर्मीले उनलाई थोरै केही त बोल्नु भन्दै कर गरे। त्यसपछि रविले आमनागरिकले जे बोलिरहेका छन् त्यो नै मेरो भनाइ हाे भने। ‘देशभरका नागरिकले जे बोलेका छन् त्यो जनताको अदालत छ। हवस त्यति मात्रै भन्छु समय आएपछि’, उनी बिदा भए।

प्रतिक्रिया दिनुहोस्