दाङ – लमही नगरपालिका स्तरिय सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि यो पटक पनि गोरखा मोडल सेकेण्डरी स्कूल लमही जित्न सफल भएको छ ।
१८ स्वर्ण, ५ रजत र २ कास्य गरी २५ पदक जितेर उपाधि हात पारेको लमही नगरपालिकाका शिक्षा प्रमुख भवानी गिरीले जानकारी दिनु भयो । यसैगरी प्रतियोगितामा माध्यामिक विद्यालय फल्कापुर दोस्रो भएको छ । फल्कापुरले ३ स्वर्ण, ५ रजत र ७ कास्य गरी १५ पदक प्राप्त गरेको छ । यसैगरी ३ स्वर्ण, २ रजत र १ कास्य गरी कुल ६ पदक जितेर सूर्यविनायक माध्यामिक विद्यालय नर्ती तेस्रो भएको छ ।
प्रतियोगितामा लमही नगरपालिका अन्तर्गतका ३० वटा विद्यालय सहभागिता भएका थिए । सञ्चालित खेलकूद कार्यक्रममा भलिवल, कबड्डी, एथलेटिक्स, करातें र तेक्वान्दो खेल सञ्चालन गरिएको थियो ।
भलिवल खेलमा छात्रतर्फ गोरखा मा.बि. प्रथम, आदर्श मावि देउपुर द्वितीय, खिमबहादुर शाह र मा.बि.फल्कापुर तृतीय भएका थिए । यसैगरी छात्रातर्फ गोरखा मा.बि. लमही प्रथम, मा.बि. फल्कापुर द्वितीय, सुर्य विनायक मा.बि. नर्ती र रोजी ईङलिस बोर्डिङ स्कूल लमही तृतीय स्थान प्राप्त गरेका छन् । यसैगरी कबड्डी खेलमा छात्रतर्फ गोरखा मा.बि.लमही प्रथम, रोजी मा.बि. लमही द्वितीय, मा.बि. फल्कापुर र खिमबहादुर शाह तृतीय स्थान हासिल गरेको सचिवालय प्रमुख थानेश्वर पौडेलले जानकारी दिनुभयो ।
यसैगरी छात्रातर्फ रोजी मा.बि. लमही प्रथम, गोरखा मा.बि. द्वितीय, खिमबहादुर शाह मा.बि. र मा.बि. फल्कापुर तृतीय स्थान प्राप्त गरेका छन् । यसैगरी आधारभूत तर्फ मा.बि. फल्कापुर प्रथम, हिमाल आवासीय मा.बि. र बालोदय मा.बि. सुनडबरी द्वितीय र बाल जनता आधारभूत बिद्यालय बनगाउँ तृतीय र सुर्य विनायक मा.बि. नर्ती तृतीय भएका छन् । खेलमा गोरखा मा.बि. लमहीका मोतीराम सोमै मगर र अस्मिता भण्डारी उत्कृष्ट खेलाडी रहेको घोषणा गरिएको थियो । बिजयी खेलाडीहरुलाई प्रमाण–पत्र, पदक र शिल्डले पुरस्कृत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्