कुम्भ मेलामा सहभागी भएर फर्किँदै गरेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु

दाङ समाचार
दाङ समाचार १९ माघ २०८१, शनिबार
1 Min Read
Aa

दाङ – भारतको कुम्भ मेलामा सहभागी भएर फर्किँदै गरेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु भएको छ । बिहारको सहर मुज्फरपुरमा शनिबार साँझ नेपाली तीर्थयात्री बोकेको भारतीय गाडी दुर्घटनामा परेको धनुषा प्रहरीका डीएसपी वरुणबहादुर सिंहले जानकरी दिए । उनका अनुसार मृतक धनुषा र महोत्तरी जिल्लाका छन् ।

मृतकहरुमा मन्तार्नी देवी (४५), अर्चना ठाकुर (३०), बालाकृष्ण झा (६०), इन्दु देवी (५५) र चालक रहेका छन् । दुर्घटनामा मनोहर ठाकुर (३०), कामिनी झा (२५), सृष्टि ठाकुर (७) र जगतारण देवी (५०) गम्भीर घाइते रहेको डीएसपी सिंहले बताए ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्