दाङ – नेपाली काङ्ग्रेस महासमिति सदस्य मोहन गिरीले देश र जनताको हित चाहाने पार्टी नेपाली काङ्ग्रेस मात्र भएको दावी गर्नु भयो ।
नेपाली काङ्ग्रेस लमही नगरपालिका -७ को वडा सम्मेलनमा बोल्दै महासमिति सदस्य गिरीले हरेक नेपालीको बोली बोल्न सक्ने र समस्याको लागि जुध्न सक्ने पार्टी नेपाली काङ्ग्रेस मात्र भएको दावी गर्नु भयो ।
नेपाली काङ्ग्रेसले हरेक जातजाति, बर्ग, लिंग सबैलाई समेट्न सक्ने भएकोले जनताले विश्वास गरेको महासमिति सदस्य गिरीले भन्नू भयो ।
वडा सभापति शालिकराम चौधरीको अध्यक्षता तथा महासमिति सदस्य मोहन गिरीको प्रमुख आतिथ्यतामा भएको वडा सम्मेलनमा नेपाली काङ्ग्रेस दाङ -१ का क्षेत्रीय सदस्य किरण विक्रम शाह, उर्मिला चाैधरी, वडा नम्बर ७ का वडा सदस्य केदार चाैधरी, सुनमाली सुनार, साविक सतवरिया गाविसका पुर्व इकाइ सभापति तिलकराम केसी लगायतले बोल्नु भएकाे थियाे।
नेपाली काङ्ग्रेस लमही नगरपालिका – ७ का वडा उपसभापति मंसाराम चाैधरीले स्वागत मन्तव्य राख्नु भएको थियो भने वडासचिव निरन्जन सिंह ठकुरीले कार्यक्रमको संचालन गर्नु भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्