रोजी बड्स स्कुलको वार्षिकोत्सव सम्पन्न, नेपालमै रोजगारी सिर्जना गर्ने किसिमको शिक्षा प्रदान गरौँ – मंत्री न्यौपाने

दाङ समाचार
दाङ समाचार २३ माघ २०८१, बुधबार
2 Min Read
Aa

दाङ – लुम्बिनी प्रदेशका यातायात, उद्योग तथा पर्यटनमन्त्री प्रचण्ड विक्रम न्यौपानेले नेपालमै रोजगारी सिर्जना गर्ने किसिमको शिक्षा प्रदान गर्ने कुरामा जोड दिनु भएको छ । साथै मंत्री न्यापाने नेपालको शिक्षा प्रणालीमा व्यापक सुधार ल्याउन जरुरी रहेको बताउनुभएको छ ।

रोजी बड्स बालबाटिका माध्यामिक विद्यालयको २४ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको मंगलबार उद्घाटन गर्दै प्रमुख अतिथि न्यौपानेले ठुला- ठुला उद्योग कलकारखाना सञ्चालन गर्ने जनशक्ति उत्पादन गर्न गुणस्तरीय शिक्षाको खाँचो रहेको बताउँदै निजी विद्यालयले शैक्षिक गुणस्तर बृद्धिमा ठूलो टेवा पुर्याई राज्यलाई सहयोग गरेको बताउनुभयो ।

मंत्री न्यौपानेले सामुदायिक विद्यालय र निजी विद्यालयबीच समन्वय आवश्यक रहेको बताउनु भएको छ । कार्यक्रमका विशिष्ट अतिथि पूर्वमन्त्री इन्द्रजीत थारुले समुदायिक विद्यालय र निजी विद्यालय एक अर्कालाई कमजोर बनाउने भन्दा दुबै विद्यालयलाई मिलाएर लैजान सरकारले वहस चलाएको बताउनुभयो । उहाँले कसैले आफ्नो लगानीमा गुणस्तरीय शिक्षा लिन चाहन्छ भने पाउनुपर्ने उहाँको भनाइ थियो ।

कार्यक्रममा लमही नगरपालिकाका पूर्वप्रमुख कुलबहादुर केसी, प्याब्सन दाङका अध्यक्ष निर्मल न्यौपाने, नेकपा माओवादी केन्द्रका बसन्तराज शर्मा, विव्यसका पूर्वअध्यक्ष निमानन्द गैरेलगायतका वक्ताहरुले शुभकामना व्यक्त गर्नुभएको थियो । सो अवसरमा उत्कृष्ट छात्रछात्राहरुलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो भने विद्यार्थीहरुले नृत्य, गीत प्रस्तुत गरेका थिए ।

साथै उनीहरुले विज्ञान कला प्रदर्शनी पनि गरेका थिए । विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष नारायण आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा लेखा संयोजक सुरेश शाहले स्वागत, सञ्चालन शिक्षक कृष्ण घिमिरे र पूर्णबहादुर वली र प्रिन्सिपल बसन्त न्यौपानेले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्