दाङ – रोल्पामा बोलेरो जिप दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा गंगादेव गाउँपालिका २ घोरनेटा निवासी सीता खड्का रहेकी छन्। उनी रुन्टीगढी गाउँपालिकामा अध्यापन गराउँदै आएकी थिइन्।
माडी गाउँपालिकाबाट दाङतर्फ आउँदै गरेको लु १ च ९४०६ नम्बरको बोलेरो गाडी त्रिवेणी गाउँपालिका–७ नन्दीखोला भन्ने स्थानमा दुर्घटनामा परेको रोल्पाका प्रहरी निरीक्षक विजय चापागाईंले जानकारी दिए।
गाडीमा ५ जना सवार रहेकोमा २ जना बच्चा घाइते भएको र चालकसहित १ जना सकुशल रहेका छन्। गाडीमा सवारको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्