प्रधानमन्त्री ओली आज दाङ आउदै, लुम्बिनी प्रदेश सभाको बैठकलाई बिशेष सम्वोधन गर्ने

दाङ समाचार
दाङ समाचार ५ फाल्गुन २०८१, सोमबार
1 Min Read
Aa

दाङ – प्रधानमन्त्री केपी शर्मा ओली आज दाङ आउदै हुनुहुन्छ । घोराहीमा आयोजना हुने नेकपा एमालेको सभालाई सम्वोधन गर्न प्रधानमन्त्री ओली दाङ आउन लाग्नु भएको प्रधानमन्त्रीको सचिवालयले बताएको छ ।

साथै लुम्बिनी प्रदेश सभाको बैठकलाई पनि प्रधानमन्त्री ओलीले बिशेष सम्वोधन गर्ने कार्यक्रम तय भएको लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेत नारायाण आचार्यका प्रेस संयोजक दशरथ घिमिरेले जानकारी दिनु भयो ।

बिहान साढे ११ बजे प्रदेश सभाको बैठकलाई प्रधानमन्त्रीले बिशेष सम्वोधन गर्नेगरि बैठक बस्ने कार्यसूची प्रकाशन गरिएको छ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले मुख्यमन्त्री चेतनारायण आचार्य मार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिशेष सम्वोधनकालागि निमन्त्रण गर्नु भएको थियो ।

लुम्बिनी प्रदेश सभा नियमावली, २०७९ को नियम २२० को उपनियम (२) बमोजिम निमन्त्रणा गरिएको थियो । यस अघि २०७५ साल बैशाख १६ गते तत्कालिन पाँच नम्बर प्रदेश सभाको बैठकलाई प्रधानमन्त्री ओलीले बिशेष सम्वोधन गर्नु भएको थियो ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्