दाङ – देउखुरीमा एक जना पुरुष मृत फेला परेका छन । यसरी फेला पर्नेमा लमही नगरपालिका- ५ रातोडाँडा निवासी ४१ वर्षीय योगेन्द्र बहादुर खत्री रहेको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक प्रकास भुसालले जानकारी दिनु भयो ।
पारिवारिक स्रोतले दिएको जानकारी अनुसार मृतक खत्री गत मंगलबारदेखि नै सम्पर्कविहीन थिए । खोजतलासको क्रममा सोमबार अपराह्न सामुदायिक वनभित्र खोल्सामा खत्रीको शव भेटिएको हो ।
गोठालो गएकाहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्