किशोरीले आत्महत्या गरेको घटनामा मधेस प्रदेश प्रहरी कार्यालयले छानबिन समिति गठन

दाङ समाचार
दाङ समाचार ६ फाल्गुन २०८१, मंगलवार
1 Min Read
Aa

दाङ – सामुहिक बलात्कारको घटनामा परेकी किशोरीले आत्महत्या गरेको घटनामा मधेस प्रदेश प्रहरी कार्यालयले छानबिन समिति गठन गरेको छ । मधेस प्रदेश प्रहरी कार्यालयले प्रहरी वरिष्ठ उपरीक्षक शान्तिराज कोइरालाको नेतृत्वमा छानबिन समिति गठन गरेको हो ।

मधेस प्रदेश प्रहरी कार्यालयद्वारा गठन गरिएको समितिले सोमबार र मंगलबार घटनास्थलमा गई घटनाबारेमा बुझी अनुसन्धान गरिरहेको मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्तासमेत रहेका प्रहरी वरिष्ठ उपरीक्षक कोइरालाले जानकारी दिए ।

उनले गत माघ ३० गते सिरहाको नगराजपुर गाउँपालिका–१ भगवतिपुरकी १७ वर्षीया रिंकुकुमारी सदाय आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।

घटनाको भोलिपल्ट मृतकका काकाले इलाका प्रहरी कार्यालय लहान सिरहामा आत्महत्या दुरुत्साहन शीर्षकमा मुद्दा दर्ता गराएकाले र त्यसमा अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

घटनाका आरोपीहरु फरार रहेकाले उनीहरुको खोजी भइरहेको तथा शवको परीक्षणको लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पठाएकोमा हालसम्म परीक्षण प्रतिवेदन प्राप्त नभएको प्रवक्ता कोइरालाले बताए ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्