जन्ती पुर्‍याएर फर्किएको बस काभ्रेको तेमालमा दुर्घटना हुँदा एकजनाको मृत्यु, दुई घाइते

दाङ समाचार
दाङ समाचार ८ फाल्गुन २०८१, बिहीबार
1 Min Read
Aa

दाङ – काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–३ कुँडुवाल खोलामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । धादिङबाट जन्ती पुर्‍याएर फर्किएको ना ४ ख ८८१७ नम्बरको बस बिहीबार बिहान ५:४० मा मोडमा ब्याक गर्ने क्रममा सडकबाट करिब २०० मिटर तल खसेको थियो ।

दुर्घटनामा बसका गाडी साहु तेमाल–१ भैंसेपानीका ५० वर्षीय रामसिंह तामाङको घटनास्थलमै मृत्यु भएको छ । बस चालक मकवानपुर बागमती गाउँपालिका निवासी ५० वर्षीय कृष्ण ब्लोन गम्भीर घाइते भएका छन्। उनलाई तत्काल धुलिखेल अस्पताल पठाइएको छ ।

बस बिहेको लागि जन्ती पुर्‍याएर रिजर्भ सकेपछि बिहीबार बिहान नियमित क्यूमा लाग्न हिँडेको अवस्थामा दुर्घटनामा परेको तेमाल–१ का वडा अध्यक्ष इन्द्र अधिकारीले जानकारी दिए । घाइते दुई जनालाई तत्काल उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल पठाइएको छ ।

प्रहरीका अनुसार दुर्घटनास्थल पाँचखाल प्रहरी चौकीबाट करिब १० किलोमिटर पश्चिममा पर्छ। प्रारम्भिक अनुसन्धान अनुसार बस मोडमा ब्याक गर्ने क्रममा अनियन्त्रित भइ दुर्घटनामा परेको अनुमान गरिएको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरी स्रोतले जनाएको छ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्