दाङ – लमहीमा मोटरसाइकल र स्कुटी ठोक्किएर दुर्घटना हुँदा चार जना घाइते भएका छन ।
घाइते हुनेमा लमही नगरपालिका -५ निवासी ३३ वर्षिया सरिता भुसाल, १० वर्षिया साहिसा भुसाल रहनु भएको छ । साहिसाको खुट्टा भाचिएको छ भने उहाँको आमा सरितालाई सामान्य चोट लागेको छ ।
त्यस्तै लमही नगरपालिका -३ निवासी ४३ वर्षिय दीपेन्द्र वली र उहाँको छोरी ९ वर्षिया प्रियंका वली रहनु भएको छ । उहाँ दुबैजनालाई शरीरका विभिन्न भागमा चोटपटक लागेको छ ।
प्रियंकाले लमहीकै साविक सनलाइट मोर्डन बोर्डिङ हालको ज्ञानज्योती फाउन्डेसन कक्षा ३ मा अध्ययनरत छात्रा हुन । साहिसा भुसाल ज्योतिष्मती विद्यापिठ स्कुलको कक्षा ४ मा अध्ययनरत छात्रा हुन ।
घाइते सबैको लमही अस्पतालमा सामान्य उपचार पछि जिल्ला बाहिर रिफर गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्