काभ्रेपलाञ्चोकको नमोबुद्धमा सुक्खा पहिरो खस्दा एक जना मजदुरको मृत्यु

दाङ समाचार
दाङ समाचार १५ फाल्गुन २०८१, बिहीबार
1 Min Read
Aa

दाङ – काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–१ कानाकोटस्थित वृद्धाश्रमको भवन निर्माणका क्रममा सुक्खा पहिरो खस्दा एक जना मजदुरको मृत्यु भएको छ ।

बिहीबार दिउँसो करिब ३ बजेको समयमा निर्माणाधीन वृद्धाश्रम भवनको दोस्रो तल्लाको पिल्लर ढल्दा त्यहाँ कार्यरत पर्सा जिल्लाको सखुवापर्सेनी गाउँपालिका–३ निवासी मजदुर दुर्जन माझीको घटनास्थलमै मृत्यु भएको श्यामपाटी प्रहरी चौकीका इंचार्ज लोकनाथ सापकोटाले जानकारी दिए ।

प्रहरीका अनुसार माथिबाट सुक्खा पहिरो खस्दा भवनको पिल्लर भत्किएको थियो । रडले टाउकोमा लाग्दा माझीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्