आफ्नो समुदायको भाषा, कला, संस्कार संस्कृतिको संरक्षणमा जुट्नुस – अध्यक्ष विश्वकर्मा

दाङ समाचार
दाङ समाचार १७ फाल्गुन २०८१, शनिबार
1 Min Read
Aa

दाङ – सरूमारानी गाउँपालिकाका अध्यक्ष झगबहादुर विश्वकर्माले कला, संस्कृति, भाषा तथा पोशाक लोपहुँदै जान थालेकाले त्यस तर्फ ध्यान दिन आग्रह गरेका छन् । नेपाल मगर संघ सरूमारानी गाउँपालिका-४ बड्डडाँडाको आयोजनामा मगर दिवस कार्यक्रममा बोल्दै अध्यक्ष विश्वकर्माले मगर भाषाको संरक्षणका लागि गाउँ पालिकाले विद्यालय स्तरमा मगर भाषाको पढाइ सुरू गरेको बताए ।

त्यस्तै उनले भेषभुषा, चार्डपर्वको समेत संरक्षण कसरी गर्ने र समाजलाई सुधार गर्ने विषयमा मगर संघले ध्यान दिन सुझाव दिए । त्यस्तै आर्थिक विकासका लागि उनले सीप र उद्यमशील बन्न मगर समुदायलाई आग्रह समेत गरेका छन् ।

कार्यक्रममा गायक बसन्त लम्साल, गायिका सपना गाहा, गायिका तथा डान्सर सुनिता बुढामगर सहित स्थानीय कलाकारहरूले विभिन्न प्रस्तुति मार्फत दर्शकहरूलाई भरपुर्ण मनोरञ्जन दिएका थिए । कार्यक्रमको सञ्चालन मगर अगुवा किसान सारू मगरले गरेका थिए ।

संघका अध्यक्ष देवीराम रेश्मी मगरको अध्यक्षता एवम् सरूमारानी गाउँपालिकाका अध्यक्ष झगबहादुर विश्वकर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । संघका टिकाराम पल्लवी मगरको स्वागत मन्तव्यबाट सुरू भएको कार्यक्रममा डा. भोजविक्रम राना मगर, सरस्वती माध्यमिक विद्यालय बड्डडाँडाका प्रधानाध्यापक भक्तहादुर रमाइली मगर, प्युठान उद्योग वाणिज्य संघका सरूमारानी गाउँपालिका उपाध्यक्ष मोहम्मद अति उल्ला हलुवाई, रिडी ग्रुपका म्यानेजिङ डाइरेक्टर हरिबाबु थापा लगायतका वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्