वडा प्रहरी कार्यालय लमहीमा कार्यरत सुरक्षाकर्मीहरुको स्वास्थ्य चेकजाँच

दाङ समाचार
दाङ समाचार १७ फाल्गुन २०८१, शनिबार
1 Min Read
Aa

दाङ – वडा प्रहरी कार्यालय लमहीमा कार्यरत सुरक्षाकर्मीहरुको स्वास्थ्य चेकजाँच गरिएको छ । लमही अस्पताल, लमही आँखा अस्पताल र पन्थी डेन्टल क्लिनिकको प्राविधिक सहयोगमा वडा प्रहरी कार्यालय मातहतमा कार्यरत ५५ जना सुरक्षाकर्मीहरुको आँखा, दात लगायत स्वास्थ्य चेकजाँच गरिएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख प्रहरी निरीक्षक प्रकाश भुसालले जानकारी दिनु भयो ।

स्वास्थ्य चेकजाँच कार्यक्रममा लमही आँखा अस्पतालका बाह्य कार्यक्रम संयोजक विमल घिमिरे, अमृत नेपाल, पन्थी डेण्टल क्लिनिकका डाक्टर केशव भुसाल, लमही आँखा अस्पतालका आनन्द गुप्ता सहितको टोलीले सुरक्षाकर्मीलाई चेकजाँच गरेको हो ।

चेकजाँचका क्रममा आँखा कम्जोर भएका ८ जना सुरक्षाकर्मीलाई लमही आँखा अस्पतालले निशुल्क चश्मा उपलब्ध गराउने भएको छ । त्यसैगरी पन्थी डेण्टल क्लिनिकले दात सफा गराउदा लाग्ने शुल्कमा आधा छुट दिने भएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्