दाङ – प्युठानको माण्डवी गाउँपालिका वडा नम्बर ३ लामाचौरमा मोटरसाइकलले ठक्कर दिदा एक जनाको मृत्यु भएको छ । आइतबार राती रा २ प ७४० नम्बरको पल्सर मोटरसाइकलले ठक्कर दिदा स्थानीय ४२ वर्षिय रिम बहादुर खनालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
भिंगृबाट चकचकेतर्फ जाँदै गरेको मोटरसाइकलमा सवार तीन जना युवा घाइते भएका छन । गम्भीर घाइते मोटरसाइकल चालक माण्डवी गाउँपालिका -३ नयाँगाउका १८ वर्षीय अविषेक कार्कीलाई उपचारको लागि बुटवल लगिएको प्रहरीले जनाएको छ ।
मोटरसाइकलमा सवार नयाँगाउका १८ वर्षीय सुमन पुन र वडा नम्बर ५ चकचके निवासी १७ वर्षीय शिसिर थापाको हात खुट्टामा सामान्य चोट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्