मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते चौधरीको गयो ज्यान

दाङ समाचार
दाङ समाचार २२ फाल्गुन २०८१, बिहीबार
1 Min Read
Aa

दाङ – देउखुरीमा मोटरसाइकल दुर्घटनामा परि गम्भीर घाईते भएका युवाको ज्यान गएको छ । ज्यान जानेमा लमही नगरपालिका – ८ सतबरिया निवासी ३३ वर्षीय गणेश चौधरी रहेको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक भवानी प्रसाद धमलाले जानकारी दिनु भयो । उनको उपचारका क्रममा नेपालगञ्जमा मृत्यु भएको प्रहरी निरीक्षक धमलाको भनाई छ ।

लमहीबाट सतबरिया तर्फ जाँदै गरेको रा १ प ६०३९ नम्बरको मोटरसाइकल गएराती १० बजे लमही नगरपालिका – ७ नयाबस्तीमा अनियन्त्रित भई दुर्घटना भएको थियो । उनी सँगै सवार रही सम्पर्क विहिन भएका लमही नगरपालिका – ८ सतबरियाकै ४२ वर्षीय सन्तबहादुर चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सन्त बहादुरले आफै मोटरसाइकल चलाएको स्वीकार गरेका छन ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्