मधेश प्रदेशद्वारा एपीएफलाई १६९ रनकाे दियो लक्ष्य

दाङ समाचार
दाङ समाचार २९ फाल्गुन २०८१, बिहीबार
2 Min Read
Aa

दाङ – नेपाल टेलिकम प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता २०८१ अन्तरगत मधेश प्रदेशले विभागीय टीम एपीएफ क्लबलाई जितका लागि १६९ रनकाे लक्ष्य दिएको छ ।

दाङकाे लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा अाज भईरहेकाे खेलमा टस जितेर पहिले ब्याटिङ गरेकाे मधेश प्रदेशले निर्धारित ५० अाेभरकाे खेलमा ४० दशमलव ४ अाभेरमा सबै विकेट गुमाउँदै १६८ रन बनायाे ।

मधेशले शुरुवात राम्रो गरेपनि मध्यक्रमका ब्याटर क्रिजमा टिक्न नसक्दा एपीएफलाई मध्यम लक्ष्य दिएकाे छ । मधेशका कप्तान अनिल कुमार साह र मयन यादवले ३१ रन बनाएर खेलीरहेकाे बेला भुवन कार्कीकाे बलमा मयन बाेल्ड अाउट भएपछि मधेशकाे विकेट पतन शुरु भएको थियाे ।

यद्यपि, मधेशका पवन सर्राफले पारी उकासेका थिए । ५ छक्का र ८ चाैकासहित ७७ रन बनाएर ३४ अाैँ अाेभरमा कमलसिंह ऐरीले बाेल्ड गर्दै पेभेलियन फर्काएपछि त्यसपछिका ब्याटर एपीएफका बलरकाे दवावमा खेले।

३४ अाैँ अाेभरमा कमलसिंह ऐेरीले पवन र दिनेश दासलाई अाउट गरेपछि एपीएफले विशाल रन हुन राेकेकाे थियाे । मधेसका लागि कप्तान अनिल साहले १७ रन, मयन यादवले ११ रन, रुपेश सिंह र प्रदीप पासवानले समान १०-१० रन बनाउँदा अरु खेलाडीले दाेहाेराे अंककाे रन बनाउन सकेनन् ।

१६८ रनमा समेट्न एपीएफका कमल सिंह ऐरीले १ मेडनसहित ९ अाेभरमा ५५ रन खर्चेर महत्त्वपूर्ण ४ विकेट लिए । यसैगरी, भुवन कार्की, कप्तान राेहित पाैडेलले समान २-२ विकेट लिदा अभिशेष गाैतमले १ विकेट लिए । अब एपीएफले केहीबेरमा जवाफी ब्याटिङ गर्दैछ ।

नेपाल क्रिकेट संघ क्यानको आयोजना, प्रदेश क्रिकेट संघको समन्वय तथा दाङ क्रिकेट संघको व्यवस्थापनमा जारी प्रतियोगितामा ३ विभागीयसहित सात प्रदेशका टीम सहभागी छन् ।

दाङसहितमा रुपन्देहीको सिद्धार्थ क्रिकेट रंगशाला र एक्स्ट्राटेक ओभल मैदानमा एकैसाथ शुरु भएको प्रतियोगिताका खेलहरु राउण्ड रोविनका आधारमा भईरहेका छन् । हरेक टीमले एक अर्को टीमसँग खेल्नेछन् ।

आगामी चैत १६ गतेसम्म चल्ने प्रतियोगिता अन्तरगत दाङमा १४ वटा खेल हुने तालिका रहेको छ । जारी प्रतियोगितामा बिहीबारसम्म भएको खेलकाे अंक तालिममा एपीएफ तेस्रो र मधेश प्रदेश चाैथाे स्थानमा छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्