आज विश्व मृगौला दिवस, लमहीमा निकालियो सचेतना र्याली

दाङ समाचार
दाङ समाचार २९ फाल्गुन २०८१, बिहीबार
3 Min Read
Aa

दाङ – तपाईको मृगौला ठिक छ ? सन्देशमुलक नारा सहित विश्व मृगौला दिवसमा सचेतना ¥याली निकालिएको छ । रोटरी क्लव अफ लमही र देउखुरी सामुदायिक डायलाईसिसको संयुक्त आयोजनामा सचेतना ¥याली निकालिएको हो ।

सामुदायिक डायलाईसिस रातोडाँडाबाट सुरु भएको ¥यालीले बजारका विभिन्न भागको परिक्रमा गरेर सभामा परिणत भएको थियो । देउखुरीमा यस अघि मृगौलाको डायलाईसिस सेवा थिएन । बिरामीहरु जिल्ला बाहिर गएर सेवा लिनुपर्ने अवस्था थियो । तर, २०७६ साल माघ २० गते डायलाइसिस सेवा सुरु भएको हो ।

अहिले ५६ जना बिरामीले सेवा लिइरहेका छन् । तर, मृगौलाको डायलाईसिस गर्न बिरामीले पालो कुरेर बस्ने अवस्था रहेको संस्थापक अध्यक्ष रविलाल आचार्यले बताए । उनका अनुसार डायलाईसिस गर्न चाहिने उपकरणको अभाव छ । अहिले १२ वटा मेसिनबाट डायलाईसिस हुदै आएको छ । तर, यो मेसिनले बिरामीको माग धान्न सक्ने अवस्था नरहेको र सरकारले मेसिन उपलब्ध गराउनुपर्ने माग राख्नुभयो ।

‘मेसिन नहुदा समस्या छ । अहिले पनि बिरामीले पालो कुर्नुपर्ने बाध्यता छ’उनले सुनाए,‘सरकारले मेसिन उपलब्ध गराओस ।’ सामुदायिक डायलाईसिस सेन्टरका डाक्टर रफिख खानले मृगौला सुरक्षा बारे धारणा राख्दै प्रसस्त पानी पिउन, व्यायम गर्न, बजारको खानेकुरा नखान विद्यार्थीहरुलाई अपिल गरे ।

लुम्बिनी प्रदेश सभा सदस्य अनुराग खड्काले डायलाईसिस सेवामा बिरामीको पहुँच सुनिश्चित गर्न मेसिन उपलब्ध गराउने बारेमा पहल लिने बताए ।‘केन्द्र र प्रदेश सरकार संग मेरो पहल रहन्छ । कसरी हुन्छ यहाँ मेसिन थप गर्न जरुरी छ’उनले भने,‘मृगौला संवेदनशिल अंग हो । यो बिग्रीयो भने उपचार गर्न गाह्रो छ ।

मेरो परिवारले पनि यो रोगको सामना गर्नुप¥यो ।’ गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोख्रेलले रोग लाग्न नदिनेगरी आनिवानीमा परिवर्तन गर्न आग्रह गर्छन् । लमही नगरपालिकाका उपप्रमुख लक्ष्मी योगीले युवा पुस्तामा सचेतनाको खाँचो रहेको औंल्याइन् । देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष कमलजंग सिंह ठकुरीले डायलाईसिस सेवालाई सबैको पहुँचमा पु¥याउन सरकारले बिशेष ध्यान दिनुपर्ने बताए ।

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य लिला शाहले उपचार सेवा सबैको पहुँचमा हुनुपर्ने धारणा राखिन । रोटरी क्लव अफ लमहीका अध्यक्ष प्रमोद गौतमको अध्यक्षतामा भएको कार्यक्रमको सहजिकरण केशव घिमिरेले गरेका थिए । सचेतना ¥यालीमा विद्यालयका विद्यार्थी, बिरामी र तिनका आफन्त देखी सरोकारवाला पक्षबाट सहभागिता थियो । पञ्चेबाजा सहितको ¥याली निकालिएको थियो ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्