नेपाली कांग्रेसका कोषाध्यक्ष एवं पूर्वस्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री श्रेष्ठलाई मातृशोक

दाङ समाचार
दाङ समाचार १ चैत्र २०८१, शनिबार
1 Min Read
Aa

दाङ – नेपाली कांग्रेसका कोषाध्यक्ष एवं पूर्वस्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई मातृशोक परेको छ । श्रेष्ठकी ८९ वर्षीया लीलादेवी श्रेष्ठको शुक्रबार काठमाडौंको ग्राण्डी इन्टरनेशनल अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

उनको पार्थिव शरीरलाई आज दिउँसो २ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने नेपाली कांग्रेस केन्द्रीय कार्यालयका कार्यबाहक मुख्य सचिव डा. प्रदिप पराजुलीले जानकारी दिए । लीलादेवीको निधनमा कांग्रेस सभापति शेरबहादुर देउवाले शोक वक्तव्य जारी गर्दै दु:ख व्यक्त गरेका छन् ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्