दाङ – नेपाली कांग्रेस लमही नगरपालिका-९ को वडा सम्मेलन शुक्रबार अमिलियामा सम्पन्न भएको छ । सम्मेलनलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता तथा पुर्व क्षेत्रीय सभापति वासुदेव जंगलीले पार्टी भित्र लोकतान्त्रिक अभ्यासलाई सशक्त पार्दै स्थानीय तहमा संगठनलाई थप मजबुत बनाएको बताउनु भएको छ । उहाँले पार्टीलाई थप एकजुट गर्दै आगामी निर्वाचनमा कांग्रेसको उपस्थिति मजबुत बनाउने गरि लाग्न सबै कार्यकर्तालाई आग्रह गर्नु भएको छ ।
त्यस्तै नेपाली कांग्रेसका दाङ जिल्ला सदस्य पूर्ण बहादुर बस्नेतले कांग्रेस बाट निर्वाचित जनप्रतिनिधिले शिक्षा, स्वास्थ्य तथा जनहितका कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गर्नु पर्ने बताउनु भएको छ । नेपालको लोकतान्त्रिक इतिहासमा महत्वपूर्ण भूमिका खेलेको नेपाली कांग्रेसले यो सम्मेलनमार्फत पार्टी भित्रको आन्तरिक लोकतन्त्र सुदृढ गरेको र संगठनलाई जरोबाट बलियो बनाएर लैजाने उहाँको भनाई छ ।
वडा सम्मेलन कार्यक्रममा नेपाल महिला संघ लमही नगर पालिका-९ की सभापति अलका पाण्डे, वडा सदस्य अमर बहादुर वली, लमही नगरपालिका-९ का वडा अध्यक्ष भेष बहादुर केसी, पुर्व क्षेत्रीय सचिव सीताराम केसी, क्षेत्रीय सदस्य पूर्ण प्रकाश विश्वकर्मा, लुम्बिनी प्रदेश सदस्य श्रीराम दहित लगायतले बोल्नु भएको थियो ।
सहभागीहरुले जनप्रतिनिधि र जनताका बीचमा समन्वय हुन नसकेको गुनासो गरेका थिए । सो क्रममा जनताका चाहाना असिमित र वजेट न्यून भएकाले सोचे अनसारको काम गर्न नसकेको जनप्रतिनिधिहरुको भनाई छ ।
नेपाली कांग्रेस लमही नगरपालिका-९ का वडा सभापति लिलाधर खड्काको सभापतित्व तथा नेपाली कांग्रेसका नेता एवम् पूर्व क्षेत्रीय सभापति वासुदेव जंगलीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रमको संचालन वडा सचिव नवराज वलीले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्