पानी बोक्ने ट्यांकरले ठक्कर दिँदा दुई बालकको घटनास्थलमै मृत्यु

दाङ समाचार
दाङ समाचार ९ चैत्र २०८१, आईतवार
1 Min Read
Aa

दाङ – पानी बोक्ने ट्यांकरले ठक्कर दिँदा बाँकेको डडुवा गाउँपालिकामा दुई बालकको घटनास्थलमै मृत्यु भएको छ । डडुवा–२ स्थित बेतहनी चोकमा भे १ ख ४१०७ नम्बरको ट्यांकरले ठक्कर दिँदा ८ वर्षीय विशाल गोदिया र ९ वर्षका शिउकुमार गोदियाको घटनास्थलमै मृत्यु भएको बाँकेका डीएसपी यमबहादुर मल्लले बताए ।

बालकको मृत्यु भएपछि स्थिति तनावग्रस्त बनेको छ । आक्रोशित स्थानीयले पानी ट्यांकर जलाइदिएका छन् । प्रहरी चौकीमा समेत ढुंगामुढा प्रहार भएको उनले बताए । प्रहरीले चालकलाई नियन्त्रणमा लिएको छ । अहिले पनि प्रदर्शन भइरहेको उनले बताए ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्