दाङको सांग्रिला प्लाई उद्योगमा भीषण आगलागी

दाङ समाचार
दाङ समाचार १० चैत्र २०८१, सोमबार
1 Min Read
Aa

दाङ– दाङको घोराही उपमहानगरपालिका–९ खैरास्थित साङ्ग्रिला प्लाई उद्योगमा आगलागी भएको छ । गए राति करिब २ बजेदेखि सुरु भएको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन ।

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले आगो निभाउन जिल्लाका सबै ठाउँबाट दमकल, टयाङ्कर, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल परिचालन गरिएको जानकारी दिए ।

आगलागी भएको क्षेत्र नजिकै बस्ती रहेकाले त्यहाँका नागरिकलाई घरबाट बाहिर निकाली बस्ती जोगाउने काम भइरहेको प्रजिअ लम्सालले बताए । उनले बाँके र रुपन्देही जिल्लाबाट समेत दमकल मगाएको बताए । मानविय क्षति भने भएको छैन । विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्