गृहमन्त्री लेखकले तोडफोड र आगजनी गरी क्षति पुर्‍याएको क्षेत्रको अनुगमन गर्ने

दाङ समाचार
दाङ समाचार १५ चैत्र २०८१, शनिबार
0 Min Read
Aa

दाङ – गृहमन्त्री रमेश लेखकले पूर्वराजाका समर्थकले तोडफोड र आगजनी गरी क्षति पुर्‍याएको क्षेत्रको अनुगमन गर्ने भएका छन् । अहिले बिहान ९ बजे अनुगमनका लागि उनी तीनकुने क्षेत्र जाने सचिवालयले जानकारी दिएको छ ।

शुक्रबार प्रदर्शनको क्रममा राजावादीहरूले विभिन्न भवन, पार्टी कार्यालय र सवारी साधनमा आगजनी गरेका थिए । सो क्रममा एक पत्रकार सहित २ जनाको मृत्यु समेत भएको थियो ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्