रवीन्द्र र धवलसहित ४१ जनामाथि ६ दिनको म्याद थप

दाङ समाचार
दाङ समाचार १९ चैत्र २०८१, बुधबार
1 Min Read
Aa

दाङ – तीनकुने घटनामा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र सांसद तथा महामन्त्री धवलशमशेर राणासहित ४१ जनामाथि ६ दिनकाे म्याद थप गरिएकाे छ।

चैत १५ गते राजसंस्था पक्षधरले गरेको प्रदर्शनमा हिंसात्मक गतिविधि गरेको भन्दै पक्राउ परेका ४१ जनामाथि दोस्रो पटक म्याद थप भएको हो।

चैत १७ गते उनीहरूमाथि पाँच दिनको म्याद थप भएको थियो। थप अनुसन्धान गर्नुपर्ने माग गर्दै काठमाडौँ प्रहरी परिसरले बुधबार जिल्ला अदालत काठमाडौँमा म्याद थपका लागि उपस्थित गराएको थियो।

पक्राउ परेका ४१ जनामाथि आपराधिक उपद्रव र संगठित अपराधमा अनुसन्धान भइरहेको छ। तीनकुने घटनामा दुई जनाको मृत्यु भएको थियो।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्