अर्घाखाँचीमा जिप दुर्घटना, २ जनाको मृत्यु, २ जना घाइते

दाङ समाचार
दाङ समाचार २३ चैत्र २०८१, आईतवार
1 Min Read
Aa

दाङ – अर्घाखाँचीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको मालारानी गाउँपालिका–३ लुटीपोखरी–खनदहको भित्री सडकखण्डमा आइतबार बिहान जिप दुर्घटना हुँदा यात्रु बालकृष्ण रिजाल र चालक दिलिप खनालको मृत्यु भएको हो ।

उक्त घटनामा परी दुई जना घाइते भएका छन् । प्रहरी निरीक्षक जगन्नाथ मरासिनीले मालरानी गाउँपालिमा वडा नम्बर ४ बस्ने वसन्त पोखरेल र भुनव पोखरेल घाइते भएको बताए ।

मालारानीको लुटीपोखरीबाट खनदहतर्फ जाँदै गरेको लु २ च २९९० नम्बरको सिङ्गल क्याब जिप अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ । जिप सडकबाट करिब २०० मिटर तल खसेको थियो ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्