दाङ – राजपुर गाउँपालिका स्तरीय आधारभूत तह २०८१ मा लिइएको कक्षा ८ को परिक्षामा एक संस्थागत सहित पाँच वटा विद्यालयको नतिजा शून्य रहेको छ । हरेक वर्ष खस्किदै गएको विद्यालयको नतिजाले अभिभावक चिन्तित बनेका छन । विद्यालयको नतिजा खस्किदै जानुमा मुख्य कारण के हुन सक्छ भन्ने विषयमा एकले अर्कालाई दोषारोपण गर्नु बाहेक नतिजा सुधार्ने तर्फ कसैको ध्यान गएको देखिदैन ।
यसरी शून्य नतिजा ल्याउनेमा माध्यामिक विद्यालय सिक्टा, गौरी शंकर माध्यामिक विद्यालय भैंसाही नाका, युगवोध आधारभूत विद्यालय सुनपथरी नाका, वालकल्याण माध्यामिक विद्यालय खङग्रा नाका र फेमली प्याराडाइज बोर्डिङ स्कुल बेला रहेको राजपुर गाउँपालिका शिक्षा शाखाले जानकारी दिएको छ ।
शिवशक्ती माध्यामिक विद्यालय भौवानाकाले १५ जना विद्यार्थीलाई परिक्षामा सहभागी गराएर दुई जना विद्यार्थी उतिर्ण गराई प्रतिशतका आधारमा प्रथम भएको छ । यो विद्यालयले १३.३३ प्रतिशत अंक ल्याएको छ ।
त्यस्तै ज्योती आधारभूत विद्यालय गुरुङ खोला दोस्रो भएको छ, यस विद्यालयबाट यो वर्ष परिक्षामा उनन्तीस जना विद्यार्थी सहभागी भएका थिए ति मध्य तीन जना मात्र उतिर्ण भएका छन । १०.३४ प्रतिशत अंक ल्याएर दोस्रो भएको छ ।
त्यसै गरि जनज्योति माध्यमिक विद्यालय मटेरिया तेस्रो भएको छ । उक्त विद्यालयमा अध्ययनरत एक सय पैसट्ठी जना विद्यार्थी मध्य ९ जना मात्र विद्यार्थी उतिर्ण भएका छन । यो विद्यालयले ५.४५ प्रतिशत अंक ल्याएको छ । संस्थागत र सामुदायिक गरि ११ वटा विद्यालयबाट २०८१ मा ६ सय ४० जना बालबालिका कक्षा ८ को परिक्षामा सहभागी भएका थिए ति मध्ये जम्मा २६ जना बालबालिका उतिर्ण भएका छन ।
अन्य विद्यालयको नतिजा पनि संतोषजनक नभएको गाउँपालिकाको भनाई छ । पालिकाले गएको आर्थिक वर्ष २०८१ /८ २ मा स्थानीय सरकारको ४ करोड र संघीय सरकारको शसर्त १२ करोड अनुदान गरि १६ करोड रुपैयाँ विनियोजन गरेको थियो । यो वजेटबाट स्थानीय सरकारले शिक्षकहरुको तलब भत्ता, दिवा खाजा लगायत अन्य अनुदानका कार्यक्रम गर्दछ ।
तल्लो तहकै कक्षामा बालबालिका कम्जोर थिए भन्ने कक्षा ८ को नतिजाले देखाएको राजपुर गाउँपालिकाका शिक्षा अधिकृत केशव लम्साल बताउनु हुन्छ । कुनैपनि शिक्षकले बालबालिका राम्रो अंक लिएर पास होस भन्ने हिसाबले मेहनत गरिरहेको हुन्छ तर यो कुरा एक्लैले सम्भव नहुने रैछ भन्ने कुराको ज्वलन्त उदाहरण हरेक वर्ष देखिराखेको छ’- उहाँले भन्नु भयो । विद्यालयको नतिजा सुधारमा शिक्षक, विद्यार्थी, अभिभावक सबै मिलेर लागे सुधार्न सकिने उहाँको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्