दाङ – लागु औषध ब्राउनसुगर सहित दाङ प्रहरीले चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला रोल्पा बस्ने बर्ष २७ को समिप रोका मगर, रोल्पा न.पा.८ बस्ने बर्ष २६ को रविन घर्ती मगर, सोहि ठाउँ बस्ने बर्ष २५ को रिमन पुन मगर र सोहि ठाउँ बस्ने बर्ष २५ को विकाश के.सी. रहेका छन ।
उनीहरुको साथबाट लागु औषध ब्राउनसुगर जस्तो पदार्थ (प्लाष्टिक सहित तौल गर्दा ५ ग्राम १० मिलिग्राम र प्लाष्टिक हटाई तौल गर्दा शुद्ध तौल ४ ग्राम ६२० मिलिग्राम) फेला परेको छ ।
बैशाख २ गतेका दिन घोराहीबाट रोल्पातर्फ आउदै गरेको रा ४ प ४३५३ नं.को मोटरसाइकल र लु.प्र.०२-००१ प १३७६ नं.को स्कुटरलाई प्रहरी चौकी दुईखोली दाङबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा लागु औषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक सोम घर्ती मगरले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्