दाङको दंगीशरणमा अटो दुर्घटना हुँदा ५ जना घाइते

दाङ समाचार
दाङ समाचार ७ बैशाख २०८२, आईतवार
1 Min Read
Aa

दाङ – अटो आफै अनियन्त्रित भइ दुर्घटना हुदाँ दाङमा पाँच जना घाइते भएका छन । घाइते हुनेमा अटो चालक दंगीशरण गाउँपालिका -६ निवासी ३८ वर्षीय सिताराम चाैधरी, दंगीशरण-७ राधिका बुढाथोकी, उनका नातिनिहरु १० वर्षीय कुसुम बुढाथोकी र ६ वर्षीय सपना बुढाथोकी र दंगीशरण गाउँपालिका -६ निवासी ४२ वर्षीय वीरेन्द्र न्याैपाने रहेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

आइतबार दिउँसो सवा तीन बजे दंगीशरणको लाैवस्ता स्थित रा १ ह ५६७५३ नं. काे अटो आफै अनियन्त्रित भई दुर्घटना भएकोहो । अटो दंगीशरणकाे रगैचाबाट तुलसीपुर तर्फ आउदै गर्दा दुर्घटना भएको थियोे ।

दुर्घटनामा परि घाइते भएका सवारी र अटो चालककाे राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । अटो प्रहरीकाे नियन्त्रणमा रहेको छ । साथै घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्