मकवानपुर प्रहरीद्वारा १५ गाई गोरु नियन्त्रणमा

दाङ समाचार
दाङ समाचार ९ बैशाख २०८२, मंगलवार
1 Min Read
Aa

दाङ – जिल्ला प्रहरी कार्यालय मकवानपुरले तस्करी गरेर लैजान लागेको १५ वटा गाई र गोरु नियन्त्रणमा लिएको छ ।

मंगलबार बिहान वडा प्रहरी कार्यालय, सानोपोखरा, हेटौँडाबाट खटिएको प्रहरी टोलीले ट्रकमा लोड गरिएको गाई र गोरुसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख (एसपी) विश्वराज खड्काले बताए ।

हेटौँडा उपमहानगरपालिका वडा नं. ४ फरेष्टि क्याम्पस अगाडि पूर्वपश्चिम सडकखण्डमा हेटौँडा बजारबाट बीरगञ्जतर्फ जादै गरेको बा.प्र.०३–००१ख १२२० नम्बरको ट्रकमा गाई र गोरु नियन्त्रणमा लिइएको थियो ।

ट्रकका चालक सवारीसाधन छोडी भागेका छन् । ट्रकलाई चेकजाँच गर्दा गाडीभित्र भेट्नरीको कागजातहरू भेटिएको छैन । ट्रकमा ८ वटा गाई र ७ वटा गोरु ढुवानी गरेको फेला परेको थियो ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्