अन्ततः शिक्षक आन्दोलनले कक्षा १२ को परीक्षा स्थगित, परीक्षा सार्न निर्देशन प्रधानमन्त्री ओलीको निर्देशन

दाङ समाचार
दाङ समाचार ९ बैशाख २०८२, मंगलवार
1 Min Read
Aa

दाङ – कक्षा १२ को परीक्षा तालिका भोलि (बुधबार) मात्रै सार्वजनिक हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पर्सि ११ गतेबाट सुरु हुने परीक्षा केही दिन सार्न निर्देशन दिएका थिए । सोही अनुसार परीक्षा बोर्डले केहीबेरमा परीक्षा स्थगित गर्नेबारे सूचना निकाल्दैछ ।

परीक्षा बोर्ड स्रोतका अनुसार परीक्षाको तालिका भने भोलि (बुधबार) मात्रै सार्वजनिक हुनेछ । ‘परीक्षाको तालिका भोलि मात्रै सार्वजनिक गर्छौं,’ स्रोतले भन्यो, ‘बोर्डको बैठक बसेर मात्रै तालिका तय हुन्छ ।’

मंगलबार साँझ बालुवाटारमा आफूलाई भेट्न पुगेका परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्मा र शिक्षा सचिव दीपक काफ्लेलाई प्रधानमन्त्री ओलीले केहीदिन परीक्षा सार्न निर्देशन दिएका थिए ।

यसअघि परीक्षा बोर्डले तोकिएको समय पर्सि ११ गते नै परीक्षा गर्ने निर्णय गरेको थियो । तर सबै संयन्त्र प्रयोग गरेर भएपनि परीक्षा गर्ने तयारीमा बोर्ड थियो ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्