दाङ – १९ औं लोकतन्त्र दिवसका अवसरमा नेपाली कांग्रेस प्रदेशसभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं. २ (१) ले शैक्षिक सामग्री सहयोग गरेको छ । घोराही उपमहानगरपालिका वडा नं. ७ स्थीत शुक्रवारमा रहेको संस्कृत कृटी सरयू उत्तर बाहिनीमा सहयोग गरेको हो ।
अनुशासित एवम् मजबुत कांग्रेसको लागि शिक्षा स्वास्थ्य हाम्रो अभियान अन्तर्गत नेपाली कांग्रेस प्रदेशसभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं. २ (१) ले विहीवार शुक्रवारमा पुगेर अध्ययनका लागि आवश्यक पर्ने सामग्री सहयोग गरेको हो ।
नेपाली कांग्रेस प्रदेशसभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं. २ (१) का सभापति प्रकाश श्रेष्ठको सभापतित्व तथा नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीको प्रमुख आतिथ्यता एवं महासमिति सदस्य तथा कांग्रेस दाङ जिल्ला सभापतिका उम्मेद्वार भुपबहादुर डाँगीको विशिष्ट आतिथ्यतामा भएको सहयोग हस्तान्तन्तरण कार्यक्रममा बोल्ने बक्ताहरुले आजको महत्वपूर्ण दिनमा रचनात्मक कार्य गरेको बताएका थिए ।
कार्यक्रममा नेपाली कांग्रेस क्षेत्र २ का सभापति भीमप्रकाश खड्का, नेपाली कांग्रेस घोराही नगर सभापति तिलक रावतल गायतले मन्तव्य गरेका थिए । सो अवसरमा कांग्रेसको प्रदेश, क्षेत्र र नगर, वडा कार्य समितिको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्