गाडीको ठक्करबाट बालक गम्भीर

दाङ समाचार
दाङ समाचार १७ बैशाख २०८२, बुधबार
1 Min Read
Aa

दाङ – गाडीको ठक्करबाट देउखुरीमा बालक गम्भीर घाइते भएका छन । घाइते हुनेमा ८ वर्षिय बंगलाचुली गाउँपालिका- ७ लापे शिशिर थापा रहेको वडा प्रहरी कार्यालय लमहीले जानकारी दिएको छ ।

बालक लमही नगरपालिका -१ मा आफन्तकोमा शुद्ध शान्तिमा आएका थिए । आज वैशाख १७ गते घर फर्किने क्रममा कौडिया पुल नजिकै पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको बा.प्र.०१-०५ च १४४७ नम्बरको पिकअप गाडीले सवा दस बजे ठक्कर दिएको थियो ।

ठक्कर दिने गाडीलाई वडा प्रहरी कार्यालय लमहीले नियन्त्रणमा लिएको छ । लमही अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि बालकलाई राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा रिफर पठाइएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्