दाङ – मकवानपुरमा लागु औषध सहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पर्सा जिल्लाको बिरगंज महानगरपालिका – ५ बस्ने बर्ष २० को करण राय र सोहि ठाउँ बस्ने बर्ष २९ को उपेन्द्र रायभर रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । राय र रायभरलाई यहि वैशाख ३१ गते अन्दाजी अपरान्ह ३ बजेको समयमा प्रहरी चौकी रातोमाटे मकवानपुरले नियन्त्रणमा लिएको हो ।
बिरगंजबाट हेटौडातर्फ आउँदै गरेको म १ प २१८ नं. को पर्यटक बसमा सवार रहेका उनीहरुलाई शंका लागि खानतलासी गर्दा मोबाइलको चार्जर भित्र लुकाई छिपाई ल्याईएको अवस्थामा १८ ग्राम १५० मिलिग्राम लागुऔषध खैरो हेरोईन जस्तो पदार्थ फेला परेको थियो । नियन्त्रणमा रहेका दुबैजनालाई लागुऔषध कसुर मुद्धामा थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख एसपी विश्वराज खड्काले जानकारी दिनु भयो ।

प्रतिक्रिया दिनुहोस्