राष्ट्रिय दलित पत्रका संघ लुम्बिनी प्रदेशद्वारा नयाँ वर्ष २०८२ सालको क्यालेन्डर विमोचन

दाङ समाचार
दाङ समाचार ३२ जेष्ठ २०८२, शनिबार
1 Min Read
Aa

दाङ – राष्ट्रिय दलित पत्रकार संघ लुम्बिनी प्रदेशले नयाँ वर्ष २०८२ सालको अवसरमा भव्य क्यालेन्डर विमोचन कार्यक्रम सम्पन्न गरेको छ । विमोचन कार्यक्रममा बोल्दै प्रमुख अतिथि पूर्व सिंचाई राज्यमन्त्री दल बहादुर सुनारले संघले दलित समुदायका मुद्दा, सामाजिक न्याय र समावेशी पत्रकारिता प्रवर्द्धनमा खेलेको भूमिकाको उच्च प्रशंसा गरे।

उनले भने, “दलित पत्रकार संघले विगतदेखि नै न्याय, अधिकार र आवाजविहीन समुदायको हकहितका पक्षमा निर्भीक पत्रकारिता गर्दै आएको छ। आगामी दिनमा यस अभियानलाई अझ प्रभावकारी ढंगले अगाडि बढाउनु आवश्यक छ।”

संघले प्रकाशित गरेको क्यालेन्डरमा सामाजिक सचेतनामूलक सन्देश, दलित समुदायको योगदान र समसामयिक विषयहरूलाई समेटिएको छ। कार्यक्रममा दलित समुदायका सामाजिक अभियन्ता, पत्रकार, साहित्यकार तथा संघका पदाधिकारीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

संघका प्रदेश अध्यक्ष टेकेन्द्र बस्यालले कार्यक्रमको उद्देश्य र महत्वबारे जानकारी दिँदै सामाजिक रूपान्तरणका लागि सञ्चारको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे । उनले नयाँ वर्षको सुरुवातसँगै संघले दलित पत्रकारितालाई अझ सशक्त बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरे। नयाँ वर्षको स्वागतसँगै विमोचित क्यालेन्डरले सामाजिक चेतना जगाउने अभियानमा थप ऊर्जा दिने अपेक्षा गरिएको छ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्