दाउन्नेको खुर्सानी खोलामा सडक भाँसिँदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध

दाङ समाचार
दाङ समाचार २५ असार २०८२, बुधबार
1 Min Read
Aa

दाङ – पूर्वपश्चिम राजमार्ग अन्तर्गत दाउन्नेको खुर्सानी खोलामा सडक भाँसिँदा बर्दघाट–दुम्किबास खण्डमा यातायात अवरुद्ध भएको छ । निरन्तर वर्षापछि भासिएको सडकमा लु१क ५८२७ नम्बरको ट्रक फसेपछि राजमार्ग पूर्णरूपमा बन्द भएको हो ।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका सूचना अधिकारी डीएसपी वीरदत्त पन्तका अनुसार, अवरुद्ध सडकका कारण पूर्वतर्फ जाने सवारी साधनहरू बर्दघाटको टिसिएनचोकमा र पश्चिमबाट पूर्वतर्फ गएका सवारीहरू दुम्किबासतर्फ रोकिएका छन । सडक खुलाउने प्रयास जारी भए पनि निरन्तर वर्षाका कारण काममा ढिलाइ भइरहेको पन्तले जानकारी दिए ।

यो स्थानमा पटक–पटक सडक भासिने घटना दोहोरिँदै आएको छ । नारायणगढ–बुटवल सडक विस्तारको काम भइरहे पनि दाउन्ने खण्डअन्तर्गत १४ किलोमिटर सडक निर्माण ढिलो हुँदा समस्या बारम्बार दोहोरिएको हो । स्थानीयवासी र सवारी चालकहरू बारम्बारको सडक अवरोधले हैरान छन । उनीहरूले सम्बन्धित निकायलाई समयमा काम सम्पन्न गर्न आग्रह गरेका छन ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्