दाङ – लायन्स क्लब अफ देउखुरी गोरक्ष लमहीको चार्टर नाइट तथा पद हस्तान्तरण कार्यक्रम एक समारोहबीच सम्पन्न भएको छ । वर्ष २०२४/२५ का अध्यक्ष लायन्स मधु प्रसाद न्यौपानेले प्रथम उपाध्यक्ष लायन्स शेषदत्त चौधरीलाई वर्ष २०२५/२६ का लागि पद हस्तान्तरण गरेका हुन ।
नवगठित कार्यसमितिमा लायन्स रविन्द्र जिसी प्रथम उपाध्यक्ष, लायन्स तुलसीराम अर्याल सचिव, लायन्स लोकराज पौडेल कोषाध्यक्ष पदमा चयन भएका छन । यस्तै, क्लबमा गोविन्द रेग्मी, विष्णु प्रसाद पौडेल र आनन्द कवर योगी नयाँ सदस्यका रूपमा समावेश भएका छन ।
कार्यक्रममा देउखुरी उद्योग वाणिज्य संघ लमहीका अध्यक्ष कमलजंग सिंह ठकुरी, लायन्स क्लब अफ भालुवाङ राप्ती क्यापिटलका राजु पौडेल, लमही नगरपालिकाकी उपप्रमुख लक्ष्मी योगी, लायन्स क्लब अफ लमहीका अध्यक्ष लायन्स हल्लु प्रसाद चौधरी, लायन्स मधुसूदन वैद्य, लायन्स डा. दल बहादुर गुरुङ र लायन्स डा. सम्शेर थापालगायतले शुभकामना मन्तव्य दिएका थिए ।
सो अवसरमा एसईई २०८१ मा उत्कृष्ट नतिजा ल्याएका आदर्श नमूना माविका विद्यार्थीहरू मानसी थापा, योगेन्द्र भण्डारी र समीप कंडेललाई सम्मान गरिएको थियो । साथै, विद्यालयका प्रधानाध्यापक कुलचन्द्र पौडेललाई समेत प्रमाणपत्र प्रदान गरिएको थियो ।
कार्यक्रमको अध्यक्षता क्लबका तत्कालीन अध्यक्ष लायन्स मधु प्रसाद न्यौपानेले गरेका थिए भने प्रमुख आतिथ्य लायन्स डिष्ट्रिक्ट ३२५ एनका भ्वाईस गर्भनर लायन्स टीकाराम चापाईले ग्रहण गरेका थिए । स्वागत मन्तव्य सदस्य लायन्स रविन्द्र जिसीले राखेका थिए भने सञ्चालन लायन्स लोकराज पौडेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्