दाङ – वडा प्रहरी कार्यालय लमहीले भन्सार छलि गरिएका बेवारिसे सामानहरू ( कपडा ) नियन्त्रणमा लिएको छ। बिहीबार दिउँसो करिब २ बजे लमही नगरपालिका–३ स्थित बनगाउँ क्षेत्रबाट ती सामानहरू बरामद गरिएको वडा प्रहरी कार्यालय लमहीका प्रहरी निरीक्षक रोशनराज पाण्डेयले जानकारी दिए ।
उनका अनुसार विल बिजकबिना अबैध रूपमा भन्सार छलि गरी राखिएका सामानहरू बेवारिसे अवस्थामा रहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी टोली परिचालन गरिएको थियो ।
प्रहरी सहायक निरीक्षक मान बहादुर चौधरीको कमाण्डमा खटिएको टोलीले ती सामग्री नियन्त्रणमा लिई कोइलाबास भन्सार कार्यालयमा बुझाएको पाण्डेयले बताए ।

प्रतिक्रिया दिनुहोस्