दाङ – सुर्खेतमा एक महिलाको हत्या भएको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-१३ सुगर खोलाका ४० वर्षीया रविना ठाडामगरको गएराति हत्या भएको हो।
मध्येरातमा गहिरो निद्रामा रहेकी रविनालाई उनकै श्रीमान ४२ वर्षीय दानसिंह ठाडा मगरले हत्या गरेका हुन । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी मोहनजंग बुढाथापाका अनुसार श्रीमती निदाइरहेको बेलामा दानसिंहले खाटको खुट्टा बनाउन भनेर राखिएको काठले हानेर श्रीमतीको हत्या गरेका थिए ।
काठले प्रहार गर्दा रविनाको घटनास्थलमै मृत्यु भएको थियो । स्थानीयले खबर गरेपछि आइतबार बिहान साढे २ बजेतिर अस्थायी प्रहरी बिट कहरेखोलाबाट प्रहरी टोली घटनास्थल पुगेको थियो ।
श्रीमतीको हत्या गरी सुतिरहेका दानसिंहलाई १० जनाको समूहमा गएको प्रहरी टोलीले औछ्यानबाटै नियन्त्रणमा लिएको थियो । घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको डिएसपी बुढाथापाले बताए ।

प्रतिक्रिया दिनुहोस्