दाङ – नेपाली कांग्रेस राजपुर गाउँपालिका सचिव शालिकराम यादवको निधनप्रति नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ का सभापति भेषराज पाण्डेले गहिरो दुःख व्यक्त गर्नु भएको छ ।
नेता पाण्डेले यादवको असामयिक निधनले नेपाली कांग्रेस परिवारमा अपूरणीय क्षति पुगेको उल्लेख गर्नुभयो । उहाँले स्वर्गीय यादवलाई एक इमानदार, कर्मठ र जनप्रिय नेता भनेर स्मरण गर्दै लोकतन्त्र, विकास र पार्टी सुदृढीकरणका लागि उहाँको योगदान सदैव स्मरणीय रहने बताउनुभयो ।
“शालिकराम यादवको निधनले हामीले एक समर्पित र जिम्मेवार नेतृत्व गुमाएका छौं। उहाँको योगदान नेपाली कांग्रेसका लागि प्रेरणादायी थियो,” सभापति पाण्डेले भन्नु भयो ।
यस दुःखद घडीमा सभापति पाण्डेले स्व. यादवप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्नुभयो । स्वर्गीय शालिकराम यादवको आज साउन १२ गते सर्पको टोकाईबाट निधन भएको हो ।
स्वर्गीय शालिकराम यादवको आज साउन १२ गते सर्पको टोकाईबाट निधन भएको हो । लामो समयदेखि शिक्षण पेसामा संलग्न उनी शंकर माध्यामिक विद्यालय खरदरियाको पूर्व प्रधानाध्यापक समेत थिए ।

प्रतिक्रिया दिनुहोस्