देउखुरीमा जबर्जस्ति करणीको प्रयास, १६ वर्षीय किशोर पक्राउ

दाङ समाचार
दाङ समाचार १८ श्रावण २०८२, शनिबार
1 Min Read
Aa

दाङ – दाङको देउखुरी क्षेत्रमा एक १३ वर्षीया किशोरीमाथि जबर्जस्ति करणीको प्रयास गरेको अभियोगमा एक जना १६ वर्षीय किशोर पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवम् डिएसपी चक्र बहादुर शाहका अनुसार पक्राउ पर्ने किशोर गढवा गाउँपालिका–६ निवासी हुन्। घटना साउन १५ गते राति करिब ११ बजेको समयमा घटेको बताइएको छ।

पीडित बालिका गढवा गाउँपालिका–८ की १३ वर्षीया किशोरी हुन्। दुबैजना नाबालक रहेकाले उनीहरूको नाम सार्वजनिक गरिएको छैन।

प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ। किशोरकै संलग्नता रहेकाले मुद्दालाई बालसम्बन्धी ऐन अनुसार अगाडि बढाइने जनाइएको छ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्