दाङ – देउखुरीमा एक वृद्धको शव फेला परेको छ । फेला पर्ने वृद्ध गढवा गाउँपालिका –३ गोबरडिहाका ७३/७४ वर्षीय पुरण चौधरी रहेको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक भवानी प्रसाद धमलाले जानकारी दिए ।
मृतक चौधरी साउन १४ गते श्रीमतीसहित वृद्ध भत्ता बुझ्न गढवा गएका थिए । भत्ता बुझिसकेपछि उनी गढवा गाउँपालिका –५ स्थित छोरीको घरमा पुगेका थिए। त्यहाँ पुगेपछि ‘म त घर गैहाल्छु’ भनेर निस्किएका चौधरी त्यसपछि सम्पर्कविहीन भएको आफन्तले बताएका छन ।
उनको शव आज बिहान करिब ११ बजे लमही नगरपालिका –९ हात्तिखाल नजिक राप्ती नदीमा फेला परेको प्रहरी निरीक्षक धमलाले जानकारी दिए । मृतकको शवलाई पोष्टमार्टमका लागि लमही अस्पतालमा राखिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्