दाङ – दमक उद्योग वाणिज्य संघ झापाबाट अध्ययन अवलोकन भ्रमणमा आएको टोलीले देउखुरी उद्योग वाणिज्य संघ लमहीसंग भेटघाट गरेको छ । जिल्लामा रहेका उद्योग वाणिज्य संघहरुका समस्याहरुका विषयमा छलफल र अन्तरक्रिया गरि आगामी दिनमा थप योजना तर्जुमा गर्दै सुमधुर सम्बन्ध स्थापित गर्ने उदेश्यले अध्ययन अवलोकन भ्रमणको आयोजना गरिएको भ्रमण टोलीले जानकारी दिएको छ ।
भ्रमण टोलीले दाङ जिल्लामा रहेका दाङ उद्योग वाणिज्य संघ, तुलसीपुर उद्योग वाणिज्य संघका पदाधिकारी संग पनि भेटघाट तथा छलफल गर्ने कार्यक्रम रहेको छ । झापाको दमक उद्योग वाणिज्य संघबाट दाङको लमही आइपुगेको टोलीलाई स्वागत गर्दै देउखुरी उद्योग वाणिज्य संघ लमहीका अध्यक्ष कमल जंग सिंह ठकुरीले राज्य संग सहकार्य गर्दै उद्योग तथा व्यापार प्रवर्द्धनमा वाणिज्य संघले जोड दिनु पर्ने बताउनु भयो ।
व्यवसायीहरूको हकहित संरक्षण, व्यवसायको प्रवर्द्धन तथा नेटवर्किङ, नीति निर्माणमा संलग्नता, विवाद समाधान तथा सहजीकरण, सामाजिक उत्तरदायित्व, विदेशी व्यापार प्रवर्द्धन लगायतका विषयमा देशभरका वाणिज्य संघहरु सचेत हुनु पर्ने तथा यो विषयमा सबै तदारुकताका साथ् लाग्नु पर्ने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्