लागु औषध कारोबारीमा नाबालिग प्रयोग, नियन्त्रणमा मकवानपुर प्रहरीको सक्रियता

दाङ समाचार
दाङ समाचार २५ फाल्गुन २०८१, आईतवार
1 Min Read
Aa

दाङ – मकवानपुर प्रहरीले २ किलो ५३० ग्राम लागु औषध अफिम जस्तो देखिने पदार्थ सहित १ मानिस लाई पक्राउ गरेको छ । पक्राउ गर्नेमा मनहरी गाउँपालिका – ८ निवासी वर्ष ३२ को राज कुमार तामाङ रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुख एसपी विश्वराज खड्काले जानकारी दिनु भयो ।

त्यसैगरी प्रहरीले २ ग्राम ६४० मिलि ग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने खैरो पदार्थ सहित ३ जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौडा उ.म.न.पा. वडा नं. १० स्थित आनन्द टोलमा कोठा भाडामा लिई बस्ने वर्ष २२ की बिबिका लामा (महिला), बर्ष १७ को नाबालक र बर्ष १५ की नाबालिका रहेको एसपी खड्काको भनाई छ ।

यिनीहरुलाई मकवानपुर प्रहरीले जिल्लाको विभिन्न स्थान बाट पक्राउ गरेको हो । पक्राउ परेकाहरुलाई मकवानपुर जिल्ला अदालत हेटौडाबाट म्याद अनुमती लिइ थप अनुसन्धान कार्य भई रहेको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्