दाङ सहित तराईमा आज होली मनाइँदै

दाङ समाचार
दाङ समाचार ३० फाल्गुन २०८१, शुक्रबार
1 Min Read
Aa

दाङ – रङ्गहरूको पर्व होली आज तराई–मधेशमा हर्षोल्लासका साथ मनाइँदै छ । हिमाली एवम् पहाडी जिल्लामा होली (फागुपूर्णिमा) मनाइएको भोलिपल्ट तराईका जिल्लामा आज होली मनाउन लागिएको हो ।

आज झापा, दाङ, मोरङ, सुनसरी, सप्तरी, सिराहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, चितवन, नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्तापश्चिम), रूपन्देही, कपिलवस्तु, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरलगायत जिल्लामा होली मनाइँदै छ । होली मनाइने तराईका जिल्लाहरुमा आज सार्वजनिक बिदा दिइएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्