पिएम कपमा नेपाल पुलिसकाे लगातार चाैथाे जीत, मधेश प्रदेश १९३ रनले पराजित

दाङ समाचार
दाङ समाचार १ चैत्र २०८१, शनिबार
5 Min Read
Aa

दाङ – उपाधि दावेदारी देखाईरहेकाे नेपाल पुलिस क्लबले मधेश प्रदेशलाई १९३ रन अन्तरले हराउँदै पिएम कपमा लगातार चाैथाे जीत निकालेको छ ।

लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा अाज पुलिस क्लबले दिएकाे २८९ रनकाे विशाल लक्ष्य पछ्याएकाे मधेश प्रदेशकाे टीम ९५ रन बनाउँदै २६ दशमलब १ अाेभरमा अलअाउट भएपछि १९३ रनकाे सहज जीत निकालेकाे हाे ।
मधेश प्रदेशलाई सस्तैमा समेट्न अाजकाे खेलमा पनि ललित नारायण राजवंशीले सानदार बलिङ गरेर महत्त्वपूर्ण ५ विकेट लिए ।

पहिलाे अाेभरकाे पाँचौं बलमा कप्तान अनिलकुमार साहलाई करण केसीले बाेल्ड गर्दै ४ रनमा पेभेलियन फर्काए पछि शुरु भएको विकेेत पतन २६ दशमलव १ अाेभरमा सकियाे । मधेशका दिपेश दास ५९ बल खेल्दै १ छक्का र २ चाैकाकाे मद्दतमा ३१ रन बनाए । रुपेश सिंहले १६ रन, विशाल पटेलले १३ रन बनाए ।

हरिशंकर शाहले ३ रन, राेशन बिकले ८ रन, पवन सर्राफले ३ रन, निखिल सिंहले ७ रन, कमल गुप्ताले १ रन बनाए । अरु खेलाडीले खाता नै खाेल्न सकेनन् ।

ललितले ९ दशमलव १ अाेभर बलिङ २ मेडनसहित २८ रन खर्चेर पाँच विकेट लिए । उनले मयन यादव, हरिशंकर शाह, राेशन बिक, दिपेश दास र पवन सर्राफकाे विकेट लिए । यस्तै, कुशल भुर्तेलले ३ अाेभर बलिङ गर्दै २ मेडनसहित १२ रन दिएर २ विकेट लिए । पुलिसका करण केसी, सागर ढकाल र कप्तान दीपेन्द्र सिंह ऐरीले समान १-१ विकेट लिए ।

टीमलाई भारी रन अन्तरले जिताउन महत्त्वपूर्ण भुमिका खेलेका ललितनारायण राजवंशी प्लेयर अफ द म्याच भए । यसअघि, नेपाल पुलिस क्लबका कप्तान दीपेन्द्र सिंह ऐरीले कप्तानी पारी खेल्दै ६३ रन बनाएपछि मधेश प्रदेशकाे टीमलाई २८९ रनकाे विशाल लक्ष्य प्रस्तुत गरेकाे थियाे।

दाङमा जारी नेपाल टेलिकम प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिता २०८१ मा नेपाल पुलिस क्लबले २८८ रन बनाएको थियाे। टस जितेर पहिले ब्याटिङ गरेकाे नेपाल पुलिस क्लबले ४९ दशमलव ५ अाेभरमा सबै विकेट गुमाउँदै २८८ रन रन बनायाेे ।

लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा जारी प्रतियोगितामा अहिलेसम्मकै उच्च रन बनाउन कप्तान दीपेन्द्रसिंह ऐरीले विस्फोटक पारी खेले । उनले ३६ बल खेल्दै ४ छक्का र ५ चाैकाकाे मद्दतमा ६३ रन बनाउँदै विशाल पटेलकाे बलमा निखिल सिंहकाे हातबाट क्याच अाउट भए ।

यसैगरी अारिफ शेखले ५४ बलमा १ छक्का र ४ चाैकाकाे मद्दतमा ५५ रन बनाउँदै विशाल पटेलकै बलमा कप्तान अनिल साहकाे हातबाट क्याच अाउट भए ।

दीलिप नाथ ४५ रनमा कमल गुप्ताको बलमा एलबीडब्लूकाे सिकार भए । अाेपनर अर्जुन साउदले ४७ रनमा रञ्जित कुमारकाे बलमा मयन यादवले क्याच अाउट गरे । नेपाल पुलिस क्लबका शंकर रानाले २७ रन, रासिद खानले १४ रन, कुशल भुर्तेलले ११ रन बनाए ।

पहिलाे विकेटका रुपमा कमल गुप्ताले अाठाैँ अाेभरकाे पहिलाे बलमा स्पम्पिङ अाउट गर्दै ब्रेकथ्रु गरेपनि तेस्रो विकेटका लागि मधेशका खेलाडीलाई संघर्ष गर्नु पर्याे । तेस्रो विकेटका लागि दीलिप नाथ र अारिफ शेखले ५० रनकाे साझेदारी गरे । यसैगरी
दीपेन्द्र र अारिफ बिचकाे ३२ बलमा ५० रनकाे अर्काे साझेदारी बनेकाे थियाे ।

मधेश प्रदेशका लागि रुपेश सिंहले ८ दशमलव ५ अाेभरमा ६२ रन दिएर ४ विकेट लिए । विशाल पटेलले ९ अाेभरमा ५७ रन खर्चेर ३ विकेट लिँदा कमल गुप्ताले १० अाेभर बलिङ गर्दै ५७ रन दिएर २ विकेट लिए । रञ्जित कुमारले ७ अाेभरमा १ मेडनसहित ४० रन खर्चेर १ विकेट लिए ।

अाजकाे जीतसँगै पुलिस क्लब चार खेलमा अपरााजित हुँदै ८ अंकका साथ शीर्ष स्थानमा उक्लिएकाे छ । मधेश प्रदेश भने ३ खेलमा १ मा जीत र दुईमा हार व्यहाेर्दै २ अंकका साथ छैठौं स्थानमा झरेको छ ।

यसअघि, हिजाे भएको खेलमा पुलिसले एपीएफलाई दुई विकेटले हराउँदा ललित नारायण राजवंशीले ७ विकेट लिएका थिए ।विभागीय टीम पुलिस क्लबले हिजो डर्बी एपीएफलाई २ विकेटले हराउँदा यसअघि कोशी प्रदेशलाई १५४ रन र लुम्बिनी प्रदेशलाई ८७ रनले हराउँदै पिएम कपको दावेदारी देखाईरहेको छ ।

नेपाल क्रिकेट संघ क्यानको आयोजना, प्रदेश क्रिकेट संघको समन्वय तथा दाङ क्रिकेट संघको व्यवस्थापनमा जारी प्रतियोगिता अन्तरगत अब भाेलि अाईतबार लुम्बिनी प्रदेश र वाग्मती प्रदेश टीम बीच बिहान ९ बजे देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा खेल हुनेछ ।

३ विभागीय टीम आर्मी क्लब एपीएफ क्लब र नेपाल पुलिस क्लबसहित सात प्रदेश टीमले फागुन २५ गतेबाट लुम्बिनी प्रदेशको रुपन्देही र दाङमा प्रतियोगिता खेलीरहेका छन् । दाङसहितमा रुपन्देहीको सिद्धार्थ क्रिकेट रंगशाला र एक्स्ट्राटेक ओभल मैदानमा एकैसाथ शुरु भएको प्रतियोगिताका खेलहरु राउण्ड रोविनका आधारमा भईरहेका छन्

दाङसहितमा रुपन्देहीको सिद्धार्थ क्रिकेट रंगशाला र एक्स्ट्राटेक ओभल मैदानमा एकैसाथ शुरु भएको प्रतियोगिताका खेलहरु राउण्ड रोविनका आधारमा भईरहेका छन् । हरेक टीमले एक अर्को टीमसँग खेल्नेछन् । आगामी चैत १६ गतेसम्म चल्ने प्रतियोगिता अन्तरगत दाङमा १४ वटा खेल हुने तालिका रहेको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्